ANFA झापाबाट साफ यु-२० का लागि १४ खेलाडी छानिए (नामावलीसहित)
रमेश समदर्शी

झापा । काठमाडौँमा हुने साफ यु-२० च्याम्पियनसीप तथा एएफसी यु-२० एसियन कप क्वालिफायर्स २०२४ का लागि झापा जिल्लाबाट १४ जना खेलाडी छनौट भएका छन् ।

झापा जिल्ला फुटबल संघले हिजो (सोमबार) छनौटका लागि आह्वान गरेको थियो । जसमा सहभागी ७४ जनामध्ये १४ जना छनौट भएको संघका महासचिव शेरबहादुर बस्नेतले जानकारी दिए । छनौट भएका खेलाडीले असार १४ गते प्रदेशस्तरीय छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

उनका अनुसार पुजन थापा, सुजत खड्का, विशाल मर्डी, हेमन्त लिम्बू, प्रशान्त लक्सम, निरज कार्की, निखिल तामाङ, सेवन्त थापामगर, आयुश तिम्सिना, निशान्त तामाङ, असिमजंग कार्की, विक्रम तामाङ, प्रवेश तामाङ र अंकित एयर छनौट भएका छन् ।

साउन ३२ गतेदेखि भदौ १२ गतेसम्म साफ च्याम्पियनसीप काठमाडौँमा आयोजना हुँदैछ । यसैगरी, असोज २ गतेदेखि १२ गतेसम्म भुटानमा हुने साफ यु-१७ तथा एएफसी यु-१७ एसियन कप क्वालिफायर्स २०२४ का लागि भोलि (बुधबार) छनौट गरिने भएको छ ।

छनौटमा परेका खेलाडीहरुको नामावली 

Post Comments