News फिफाद्वारा माल्दिभ्स एफएका अध्यक्ष जलिलमाथि लामो प्रतिबन्ध
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फुटबल एसोसिएशन अफ माल्दिभ्स (एफएएम) का अध्यक्ष बसम आदिल जलिललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लामो प्रतिवन्ध लगाएको छ ।

फिफाको स्वतन्त्र आचार समिति अन्तर्गत न्यायिक कक्षले जलिलमाथि कुनै पनि किसिमको अन्तर्राष्ट्रिय फुटबल गतिविधमा सहभागि हुन नपाउने गरी ९ महिनाका लागि प्रतिवन्ध लगाएको हो ।

जलिलमाथि भ्रष्टाचार, आर्थिक अनियमितता, आर्थिक कोषको दुरुपयोग लगायतका आरोपहरु लागेका । उनीमाथि फिफा र माल्दिभ्सको स्थानीय कानुनले आवश्यक छानविन र अनुसन्धान गरेपश्चात जलिललाई सो प्रतिवन्ध लगाइएको हो । साथै फिफाले जलिलमाथिको प्रतिवन्ध शुक्रबारबाटै लागु हुने समेत जनाएको छ ।

Post Comments