ANFA तिजोक युवा क्लबलाई याङ्नाम गोल्ड कपको उपाधि
गोलनेपाल

फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं १० याङ्नाम खलंगाटारमा रहेको इमानसिंग रंगशालामा याङ्नाम फुटबल क्लबको आयोजनामा जारी तेस्रो याङ्नाम गोल्ड कपको फाइनल मंगलबार सम्पन्न भएको छ ।

फिदिम स्पोर्टिङ्ग क्लव र तिजोक युवा क्लब बीच सम्पन्न फाइनलमा फिदिमलाई शून्यका विरुद्ध दुई गोलले हराउँदै तिजोकले उपाधि जितेको हो ।तिजोकलाई जीत दिलाउन खेलको सुरुवाती समय पाँच मिनेटमानै निरज परियारले गोल गरेका थिए। 

पहिलो हाफ एक शून्यले आफ्नो पक्षमा पारेको तिजोक दोस्रो हाफको केही समयमानै गोल रक्षक अभिषेक चौधरीले रातो कार्ड खाँदा १० खेलाडीमा सिमित भएको थियो । एक खेलाडि कम रहेपनि तिजोकले फिदिमलाई दबाब बनाइरहँदा ७० मिनेटमा हेमन लिम्बूले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर गरे । त्यसपश्चात दुबै टोलीबाट कुनै गोल हुन नसक्दा उपाधि तिजोकले आफ्नो पोल्टामा पार्यो।

फाइनल खेलको म्यान अफ दि म्याच विजेता टोलीका डिफेन्डर दिवस उराउ बनेका थिए । प्रतियोगिताको सर्वाधिक गोल कर्ता खेलाडि तिजोकका सिक्सम लिम्बू बन्दा प्लेयर अफ दि टुर्नामेन्ट आसिस लावती बन्न सफल भएका थिए । अन्य व्यकिगत विधामा उपविजेता टोली फिदिमले वर्चस्व कायम गर्यो । उत्कृष्ट गोलरक्षक निस्सम दनुवार , बेस्ट डिफेन्डर प्रकाश धमला बनेका छन् । प्रतियोगिताको उदयीमान खेलाडि भने आयोजक टोलीका दिपेश केरुङ बनेका हुन् ।

फिदिम स्पोर्टिङ्ग याङ्नाम गोल्ड कपको हालसम्म भएका सम्पूर्ण संस्करणको फाइनल खेल्ने एकमात्र टोली हो । फिदिम पहिलो संस्करणको विजेता र दोस्रो संस्करणको उपविजेता बनेको थियो भने तेस्रो संस्करणमा पनि उपविजेतामा चित्त बुझाएको छ ।

विजेता तिजोले नगद रु.२,०३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सीमित बनेको फिदिमले नगद रु. १,०३,३३३ ।- मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

Post Comments