
आठराई । बि.स. २०१५ साल देखि लाग्दै आएको पूर्वकै पुरानो आठराई मदनमेला आज बैसाख ३ गते देखि सुरू भइ ९ गते सम्म सन्चालन हुने भएको छ ।
तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्ति बजार स्थित त्रिमोहन मा.वि.को खेल मैदानमा सन्चालन हुने मेलाको पूर्व सहरी बिकास मन्त्रि सिता गुरूङले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
आज उदघाटन कार्यक्रम संगै फिदिम भेट्रान्स र आठराई भेट्रान्स बिचको मैत्रीपूर्ण उदघाटन खेल हुने बताइएको छ । प्रतियोगितातमक खेल भने भोलीबाट सन्चालन हुनेछन । मेलामा विभिन्न खेलकुद तथा सॉस्कृतिक कार्यक्रम संचालन हुने बताइएको छ ।
मेलाको मुख्य आकर्षणको रुपमा मदन मेमोरीयल खुल्ला पुरुष फुटबल प्रतियोगिता तथा खुल्ला महिला फुटबल प्रतियोगिता,अन्तर पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिता तथा खुल्ला ब्याडमिन्टन लगायतका खेलकुदका कार्यक्रमहरु रहेका छन् ।
सॉस्कृतिक कार्यक्रम अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता,धान नाच,लोक दोहोरी प्रतियोगिता सन्चालन गरिने मदन मेला सन्चालन समिति अध्यक्ष दयासागर गौतमले जानकारी दिए ।
१६ टिम सहभागी रहेको मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र उपविजेताले १ लाख ३० हजार ५५५ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
६ टिम सहभागि रहेको खुल्ला महिला फुटबलको बिजेताले नगद ८० हजार ५५५ सहित ट्रफि र उपविजेताले ५० हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
मेलाको अवसरमा आयोजित अन्तर पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको विजेताले ८० हजार सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ ।
त्यसैगरी ब्याडमिन्टन मेन्स डबल बि तर्फ प्रथम २० हजार दोस्रो १५ र तेस्रो पॉच पॉच हजार रहेको छ। मेन्स डबल सी तर्फ प्रथम २० हजार दोस्रो १५ हजार र तेस्रो चार- चार हजार रहेको छ । त्यस्तै व्यडमिन्टनकै इन्टरनल डबल तर्फ प्रथम हुनेले १० हजार,दोस्रो ५ र तेस्रो दुइ दुइ हजार प्राप्त गर्नेछन ।
सॉस्कृतिक कार्यक्रम अन्तर्गत खुल्ला नृत्य प्रतियोगिताको प्रथम हुने टिमले २० हजार दोस्रोले १५ र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन । धान नाच तर्फ प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमश बीस,पन्ध्र र दश हजार प्राप्त गर्नेछन । खुल्ला लोक दोहोरी तर्फ प्रथम हुनेले १० हजार र दोस्रो हुनेले ५ हजार प्राप्त गर्ने अध्यक्ष गौतमले जानकारी दिए । मेलाको मुख्य प्रायोजकमा आठराई गाउँपालिका रहेको छ ।