
थलङ । प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप वडा स्तरीय पुरूष फुटबल प्रतियोगिताको उपाधिका लागि सिर्जनशिल सामाजिक संस्था खोक्लिङ र जन युवा क्लब ढुंगेसॉघु भिड्ने भएका छन ।
थलङ खेल मैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा नव युवा क्लब फुङलिङ १ लाई पेनाल्टि सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै सिसास खोक्लिङ प्रतियोगिताको फाइनल पुगेको हो ।
निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।
त्यस्तै बिहीबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा बाघथला युवा क्लब खोक्लिङलाइ १-० गोलले पराजित गर्दै जन युवा क्लब ढुंगेसॉघुले उपाधि भिडन्तमा सिसास संगको भेट पक्का गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल मिक्वाखोला गाउँपालिका कमिटिले बैशाख १५ गते देखी आयोजना गरेको प्रतियोगिता बैशाख १९ गते शुक्रबार सकिनेछ ।
प्रतियोगितामा कुल १२ टिमको सहभागि रहेको थियो । विजेताले १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ ।खेलको म्यान अफ दि म्यचले एक एक हजार प्राप्त गर्नेछन ।
प्रतियोगिताको वेस्ट प्लेयर,वेष्ट डिफेन्डर,वेष्ट किपर,हाइ स्कोरर,योङ प्लेयरलाई उचित पुरस्कार प्रदान गरिने बताइएको छ ।
खेलको माध्ययमबाट मिक्लाखोलाको पर्यटन पर्वद्धन साथै खेलाडी समेत उत्पादन गर्ने उद्येस्यका साथ नव वर्षको अवसरमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुर्ण थलङले जानकारी दिए ।