ANFA तेस्रो दमाम च्याम्पियन कपको तयारी अन्तिम चरणमा, टिमदर्ता पनि खुला
सुरज राना मगर

काठमाडौं । रोजगारको सिलसिलामा साउदी अरेबियामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित युनाइटेड फुटबल क्लब, दमाम, साउदी अरेबियाको आयोजनामा हुने तेस्रो दमाम च्याम्पियन कपको तयारी अन्तिम चरणमा रहेको छ ।

दमाम शहर स्थित अल टुखा, अल खोबरमा हुने प्रतियोगिताको यही मई २३ तारीखसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७७७ साउदी रियाल तोकिएको खेल संयोजक ओम बहादुर कुमालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन जुन ६ तारीखका दिन हुनेछ भने समापन ७ तारीखका दिन हुने खेल संयोजक कुमालले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७,७७७ साउदी रियाल हात पार्नेछ भने उपविजेताले ४,४४४ साउदी रियालसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजक युनाइटेड एफसीका अध्यक्ष युवराज गुरुङ्गले जानकारी दिए । अध्यक्ष गुरुङ्गका अनुसार यो पुरस्कार राशी साउदी अरेबियामा नेपाली समुदायहरुबीच हुने फुटबल प्रतियोगिताको हालसम्म कै सर्वाधिक पुरस्कार राशी रहेको समेत दावी गरे ।

त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लब कै सचिव सचिव कमल लो तामाङले जानकारी । सचिव तामाङका अनुसार परदेशमा नियमित कामपछिको थकान मेट्न, साथीभाईहरुसँगको चिनाजानी, रमाइलो र स्वस्थ्य मनोरञ्जनका लागि समेत प्रतियोगिता आयोजना गरिएको बताए ।

साथै प्रतियोगिता सम्पन्न गर्न सबैको साथ, सहयोग, समर्थन र हौसला निरन्तर मिल्नेमा आफूहरु आशावादी रहेको समेत आयोजकले जनाएको छ ।

साथै प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बरहरुः

+966 552696209, +966 595861166, +966 572391762

Post Comments