News तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
गोलनेपाल

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ३ जलजले तोक्मा तीनधारेमा मंगलबार देखि चौथो केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबलका साथ विविध सॉस्कृतिक कार्यक्रम शुरू भएको छ ।

आज एक कार्यक्रमका बिच फेदाप गाउँपालिका उपाध्यक्ष सुनिता पाहिमको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उदघाटन भएको हो । उदघाटन कार्यक्रम संगै दुइ वटा मैत्रीपूर्ण खेलहरू समेत सन्चालन भए । जस अन्तर्गत फेदाप गाउँपालिका कर्मचारी र ब्यवसायीको टीम विजयी बने । कर्मचारीले आयोजक भेट्रान्सलाई पेनाल्टी सुट आउटमा ३-१ गोल अन्तरले पराजित गर्यो भने व्यवसायीले शिक्षकहरूलाई २-० गोलले पराजित गरे ।

फेदाप कर्मचारी र व्यवसायी बिचको मैत्रीपूर्ण फाइनल खेल भने २६ गते शुक्रबार हुने बताइएको छ । बुधबार खुल्ला पुरूष फुटबल प्रतियोगिताका दुई क्वाटर फाइनलका खेलहरू सन्चालन हुनेछन । पहिलो क्वाटर फाइनलमा आयोजक मुनाल युवा क्लब र खाम्लालुङ एफसी बिच खेल हुनेछ भने दोस्रो क्वाटर फाइनलमा जिसी इन्टेक २२ र छथर गाउँपालिका बिचको प्रतिस्पर्धा रहनेछ ।

आठ टिम सहभागी रहेको खुल्ला पुरूष तर्फको विजेताले २ लाख २ हजार ८२ रुपैया सहित तीन वर्षे रनिङ ट्रफि प्राप्त गर्नेछ । उक्त पुरस्कार ललिता हुक्पा चोङवाङ सिंगकले प्रायोजन गर्नु भएको छ । उपविजेताले १ लाख ११ हजार ८२ रुपैया सहित ट्रफि प्राप्त गर्नेछन ।प्रायोजक शम्सेर तुम्बाहाङफे हुनुहुन्छ । त्यस्तै खुल्ला महिला तर्फको बिजेताले ४० हजार ८२ रूपैया सहित तीन वर्षे रनिङ ट्रफि जसलीई प्रायोजन स्वर्गीय बाजे बल बहादुर बस्नेतको स्मृतीमा देवेन्द्र बस्नेतले प्रायोजन गर्नु भएको छ ।उपविजेताले २५ हजार ८२ रूपैया सहित ट्रफि प्राप्त गर्नेछ जसलाई सन्देश सम्बाहाम्फेले प्रायोजन गर्नु भएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक, हाई स्कोररलाई उचित पुरस्कार साथै दोस्रो चरणबाट म्यान अफ दि म्याचको व्यवस्था समेत रहेको बताइएको छ । मुनाल युवा क्लब र मुनाल खेलकुद विकास समितिको आयोजनामा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा विगत वर्षहरूमा झै यो वर्ष पनि केलाङ मेलामा खेलकुदका साथै सॉस्कृतिक कार्यक्रम पनि सन्चालन गरिने अध्यक्ष मोहन सिंह सिंगकले जानकारी दिए । स्थानीय जातजातिको पहिचान झल्कने झॉकिहरू यालाङ,केलाङ,डम्फुनाच,साकेला,संगीनी,नौमती बाजा,लोक दोहोरी,मारुनी नाच,छेलो हान्ने,तोङ आप्मा,डोरी तान्ने तथा खुल्ला नृत्य प्रतियोगिता सन्चालन हुने बताइएको छ। मेलामा फेदाप गाउँपालिकाको आर्थीक सहयोग रहेको छ ।

Post Comments