ANFA सुनवल मेयर कपः वार्ड नम्बर १३ सेमिफाइनलमा
सुरज राना मगर

सुनवल । संघर्षपुर्ण जितका साथ वार्ड नम्बर १३ यहाँ जारी आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

सुनवल–७ स्थित स्थानीय खेलमैदानमा भएको खेलमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि वार्ड नम्बर १३ ले वार्ड नम्बर १० लाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेलमा वार्ड नम्बर १३ का कप्तान बेद प्रसाद भट्टराई म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २९ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ७ र वार्ड नम्बर २ बीच हुने खेल संयोजक प्रकाश बाह्रघरेले जानकारी दिए ।

सुनवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो जेठ ४ गतेका दिन हुनेछ ।

 

Post Comments