काठमाडौं । मोफसलदेखि राष्ट्रियस्तरका फुटबल प्रतियोगिता खेल्दै अनेक उपाधि र सफलता समेत चुमेका फुटबल खेलाडी जीवन गुरुङ अहिले आफ्नै जीवनको कठिनमा मोडमा उभिएका छन् ।
जिन्दगीभर साथ दिने कसम खाएकी जिवनसंगिनी प्राणघातक रोगसँग जुध्न बाध्य बनेपछि जीवनलाई अहिले आफ्नै जिन्दगी पनि कठिन मोडमा रहेको अनुभुति भईररहेका छन् । जीवनका अनुसार उनको श्रीमतीलाई अहिले ब्लड क्यान्सर जस्तो घातक रोगको कारण भरतपुरमा उपचार भईरहेको छ ।
उनको उपचारमा लाखौं रकम खर्च भईसकेको र अझै रकम चाहिने भएपछि उनले सबै शुभेच्छुक र खेलप्रेमीहरुसँग सहयोगका लागि अपिल गरेका हुन् । खेलेर कमाएको र आफुसँग भएको सबैजसो रकम खर्च भएपछि सहयोगका लागि अपिल गरिएको जीवनले बताए ।
व्यवसायीक खेलाडीका रुपमा नेपालका चर्चित क्लबहरु थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, घरलु टोली सहारा क्लब जस्ता क्लबहरुबाट खेलेका रक्षक जीवन अहिले आफ्नै जीवनसंगिनीको रक्षार्थ मैदान बाहिर संघर्षरत छन् ।
जीवनलाई सहयोग गर्न चाहने सहयोगीहरुका लागि QR:

- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई