बिर्तामोड । गोल नेपाल डटकमका कोशी प्रदेश संयोजक रमेश समदर्शी राईलाई सातौँ झापा गोल्डकप आयोजक समितिले सम्मानसहित पुरस्कृत गरेको छ ।
झापाको डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको अवसरमा आज अग्रज पत्रकार समदर्शीलाई विशेषगरी खेल क्षेत्रलाई प्राथमिकतामा राखी खेलाडी, प्रतियोगिता र खेल संरचनाको विकासका लागि पुर्याएको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष समदर्शीले खेल पत्रकारितालाई संस्थागत रुप दिन, खेलाडीलाई प्रोत्साहन गर्न तथा झापालाई खेल गतिविधिको केन्द्रका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै कदरस्वरुप विनोद बस्नेत स्मृति फुटबल प्रतियोगितामा सम्मान गरिएको उल्लेख छ ।