Gorkhalis Abroad चौथो रियाद कप कप सम्पन्न
गोलनेपाल

काठमाडौं । चौथो रियाद कप-२०२५-०६-०५ तारीख बिहिवार राति ७ बजे भब्यताको साथ उद्घाटन गरि जुनको ६ तारीख बिहान १० बजे सम्म संचालन गरिएको थियो भने दिउँसो औधी चर्को गर्मी को कारण ले ८ घन्टा को लागि स्थगित गरि पुनः साझ ६ बजेबाट सुरु गरिएको थियो।

फाईनल खेल राति ११:३० बजे आयोजक रियाद फुटबल क्लब रातो र सगरमाथा फुटबल क्लब रातो को बिच प्रतिस्पर्धात्मक रुपमा चलिरहेको थियो खेल सुरुभएको २ मिनेट मा नै रियाद फुटबल क्लब रातो ले एक शन्यू को अग्रता लिए पनि त्यस अग्रतालाई धेरै बेर जोगाएर राख्न न सक्दा खेलको छैटौं मिनेटमा सगरमाथा फुटबल क्लब ले एक गोल गर्दै खेललाई बराबरी गरे को थियो।

खेल दुबै तर्फ एक-एक गोलको बराबरी मा प्रतिस्पर्धात्मक रुपमा चलिरहदा पहिलो हाफको अन्त्यमा सगरमाथा फुटबल क्लब रातो का खेलाडी र रियाद फुटबल क्लब रातो को खेलाडीहरु एयर बलमा हेड गर्ने क्रममा एक आपसमा ठोक्किदा रियाद फुटबल क्लबका खेलाडी गम्भीर रुपमा घाइते हुनुभएको थियो। घाइते हुनुभएको खेलाडीलाई खेलमैदानमा प्राथमिक उपचार पछि तत्कालै हस्पिटल लगिएको थियो।

नजिकै रहेको रबिया हस्पिटल मा भर्ति गर्न न माने पछि डाक्टर सुलेमान अल हबिब हस्पिटल मा लगिएको थियो। खेलाडी को अवस्था सामान्य भए पनि टाउको को भित्रि भागमा पनि चोट देखिएको कारण डाक्टर को सल्लाह बमोजिम आई.सि.यु मा राखेर उपचार गरिएको थियो।

यो सबै घटना पछि आयोजक समितिले फाईनल खेलको निर्णय टाईब्रेकर द्वारा गर्ने भनिए पनि सगरमाथा फुटबल क्लबले आयोजकको यो निर्णय लाई नकार्दै ट्रफि,मेडल प्रमाणपत्र अनि टाईटल को लागि पेनाल्टी हानौ यात सिक्का उछालौ पुरस्कार राशी चाहि दुबै फुटबल क्लबले आधा-आधा बाडौ भन्ने प्रस्ताव राखिसके पछि भने आयोजक समिति ले एउटा दु:खद घटना अनि परिस्थितिलाई मध्य नजर गर्दै वहाँहरु को प्रस्ताव को उच्च मुल्यांकन गर्दै सगरमाथा फुटबल क्लब रातो लाई चौथो रियाद कप-२०२५ को बिजेता घोषित गरि प्रथम ट्रफी,मेडल,प्रमाणपत्र,सम्पूर्ण दश वटै बिधागतका ट्रफी,मेडल,प्रमाणपत्र तथा नगद सा.रि ६००० हस्तान्तरण गरि यस चौथो रियाद कप-२०२५ फुटबल प्रतियोगिता को समापन गरियो।

यस प्रतियोगितालाई सफल रुपमा संचालन गर्न आर्थिक भौतिक तथा नैतिक रुपमा सहयोग पुर्याउनु हुने संघसस्थाहरु,सम्पूर्ण दाताहरु त्यसै गरि यस प्रतियोगितामा सहभागी हुनुभएको सम्पूर्ण फुटबल क्लबहरु साथै प्रतियोगिता सफल पार्न अहोरात्री खेटिनु हुने ब्याक्तित्वहरु,अहोरात्री बसेर खेल अवलोकन गर्नु हुने दर्शक स्रोताहरु लगायत यस प्रतियोगिता लाई संचालन गर्न आआफ्नो स्थानबाट सहयोग पुर्याउनु हुने सबै सबै मा हामी रियाद फुटबल क्लब परिवारको तर्फबाट हृदयबाट नै हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछौ।

Post Comments