Gorkhalis Abroad खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
गोलनेपाल

काठमाडौं । फुटबल खेलसँगै एकता, सद्भाव, सहयोग, सम्मान र भाईचारका लागि आज मलेसियामा दुई नेपाली कम्युनिटी फुटबल टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुँदैछ ।

फुटबल केवल खेल मात्र होइन, यो माया, मित्रता, सम्मान, एकता र समुदायलाई जोड्ने एउटा सुन्दर माध्यम हो। यही भावनालाई अझ मजबुत बनाउँदै हिमालयन एफसी (मलेसिया) र नेपबोर्न एफसी (अष्ट्रेलिया) बिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुदैछ ।
 
यो खेल जित वा हारको लागि मात्र होइन, दुई देशका नेपाली समुदायबीचको आत्मीय सम्बन्ध, भाइचारा र खेलप्रतिको सम्मानलाई अझ सुदृढ बनाउने अवसर पनि हो।
 
मिति: ०१ अगस्ट २०२६, शनिबार
समय: साँझ ५:०० बजे
स्थान: Panasonic Sports Complex
 
स्मरण रहोस, सो मैत्रीपूर्ण खेलबाट संकलित रकम हाल चोटिल रहेका नेपालका राष्ट्रिय खेलाडी आशिष राईको उपचारका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।
Post Comments