
काठमाडौं (एजेन्सी) । एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगितातर्फ दक्षिण एसियाका तीन टोलीहरु भुटान, भारत र बंगलादेशले हार बेहोरेका छन् ।
समूह बी मा रहेको भुटानले ब्रुनेईसँग उसकै घरमा २–१ को हार बेहोरेको हो । सोही समूहको अर्को खेलमा यमन र लेबनानले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
यो नतिजापछि समूह बी मा २ खेलबाट ४ अंक जोडेको लेबनान शिर्ष स्थानमा रहँदा ३ अंकसहित ब्रुनेई दोस्रो स्थानमा छ । त्यस्तै २ अंकका साथ यमन तेस्रो स्थानमा रहँदा १ अंकका साथ भुटान पुछारमा छ । स्मरण रहोस, भुटानले आफ्नो पहिलो खेलमा यमनलाई गोलरहित बराबरीमा रोकेको थियो ।
त्यस्तै समूह सी तर्फ रहेको भारतले गत साता नेपालसँगै गोलरहित बराबरी खेलेको हङ्गकङ्गलाई ०–१ ले नतिजा सुम्पियो । सोही समूहमा रहेको अर्को दक्षिण एसियाली टोली बंगलादेशले सिंगापुरसँग १–२ को हार बेहोर्यो ।
यो नतिजापछि समान ४–४ अंक जोडेका सिंगापुर र हङ्गकङ्ग समूह सी को क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै समान १–१ अंक जोडेका बंगलादेश र भारत भने तेस्रो र चौथो स्थानमा छन् ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट