
काठमाडौं (एजेन्सी) । जारी कनकाफ गोल्डकपको दुई सह–आयोजक राष्ट्र मध्ये एक अमेरिका सेमिफाइनलमा प्रवेश गर्दा अर्को सह–आयोजक क्यानडा भने क्वाटरफाइनल मै स्तब्ध बनेको छ ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ क्यानडाले ग्वाटेमालासँग पेनाल्टीमा पराजित हुन पुग्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा क्यानडाले ग्वाटेमालासँग ५–६ को हार बेहोरेको हो ।
त्यस्तै चौथो क्वाटरफाइनलमा अमेरिकाले कोस्टारिकालाई टाईब्रेकरमै हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । निर्धारित समयको खेल दुवै टोलीले २–२ रोमाञ्चक बराबरी खेलेपछि टाईब्रेकरमा अमेरिका ४–३ ले विजयी बन्यो ।
सेमिफाइनल समिकरण पनि पूरा
त्यस्तै १८औं कनकाफ गोल्डकपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । जसअन्तर्गत दुवै सेमिफाइनल खेलहरु २ जुलाईका दिन हुनेछन् । पहिलो सेमिफाइनलमा अमेरिकाले ग्वाटेमालाको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा मेक्सिकोले होण्डुरससँग खेल्नेछ ।
- ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू