काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ को समूह एचमा रहेको पूर्व विजेता स्पेनले आफ्नो दोस्रो खेलमा शानदार जित दर्ता गरेको छ । आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले आइतबार राती आफ्नो दोस्रो खेलमा साउदी अरेबियालाई ४–० को अन्तरले हरायो ।
स्पेनको जितमा खेल शुरु भएको दशौं मिनटमा लमिन यमलले पहिलो गोल गरे । त्यसको केहीबेर लगतै २१ र २४औं मिनटमा मिकेल उगार्टेले स्पेनको खातामा लगातार दुई गोल थपे । त्यस्तै दोस्रो हाफको ४९औं मिनटमा हसन अल–तम्बक्तीले आत्मघाती गोल गर्दा स्पेनले ४–० को शानदार जित पक्का गर्यो ।
यो नतिजापछि दुई खेलबाट ४ अंक जोडेको स्पेन समूह एचको शिर्ष स्थानमा छ । साउदीको एक अंक छ र तेस्रो स्थानमा छ । एक खेल कम खेलेका उरुग्वे र केप भर्डेको खातामा पनि समान १–१ अंक छ र समूहमा क्रमशः दोस्रो र चौथो स्थानमा छन् । साथै उरुग्वे र केप भर्डेले सोमबार बिहान आफ्नो दोस्रो खेल खेल्दैछन् ।
समूह चरणको अन्तिम खेलमा अब २६ जुनका लागि स्पेनले उरुग्वेको सामना गर्नेछ भने सोही दिन साउदी अरेबियाले केप भर्डेसँग खेल्नेछ ।