International केप भर्डेको सनसनीपूर्ण लय जारी, उरुग्वेलाई पनि बराबरीमा रोक्यो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पहिलोपटक सहभागिता जनाईरहेको केप भर्डेले फिफा विश्वकप २०२६ मा आफ्नो सनसनीपूर्ण लयलाई कायम राख्ने क्रममा दोस्रो खेलमा पनि पूर्व विजेतासँग बराबरी खेल्दै अंक खोसेको छ ।

समूह एचतर्फ आफ्नो पहिलो खेलमा पूर्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेको केप भर्डेले आफ्नो दोस्रो खेलमा पनि पूर्व विजेता उरुग्वेलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ ।

यो नतिजापछि दुई खेलबाट २ अंक जोडेको केप भर्डे समूहको तेस्रो स्थानमा छ । लगातार दोस्रो बराबरी खेलेको उरुग्वे पनि समान २ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै आइतबार राती साउदी अरेबियालाई हराएको स्पेन ४ अंकका साथ शिर्ष स्थानमा रहँदा एक अंकका साथ साउदी पुछारमा छ ।

समूह एचमा नकआउट चरणमा पुग्ने चारै टोलीको सम्भावना अझै कायम छ । समूह चरणको अन्तिम खेलमा अब जुन २६ तारीखका दिन केप भर्डेले साउदी अरेबियासँग खेल्नेछ भने सोही दिन उरुग्वेले स्पेनको सामना गर्नेछ ।

Post Comments