News युइएफए यु–२१ युरोः फ्रान्स र जर्मनी सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दुई दावेदार टोली फ्रान्स र जर्मनी जारी युइएफए यु–२१ युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

प्रतियोगिताको अन्तिम दुई क्वाटरफाइनलतर्फ तेस्रो क्वाटरफाइनलमा फ्रान्सले डेनमार्कलाई र जर्मनीले इटालीलाई समान ३–२ को अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

यो नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब २५ जुनका दिन हुने पहिलो सेमिफाइनलमा साविक विजेता इङल्याण्डले नेदरल्याण्डसको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा फ्रान्स र जर्मनी भिड्ने छन् ।

 

Post Comments