News ओखलढुंगा ओपन फुटसल टुर्नामेन्ट "काठमाडौं संस्करण" असार २८ गतेदेखि
गोलनेपाल

काठमाडौं । ओखलढुंगा जिल्लाको खेल प्रतिभालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्यले पहिलो पटक “ओखलढुंगा ओपन फुटसल टुर्नामेन्ट – काठमाडौं संस्करण” काठमाडौंमा आयोजना हुन लागेको छ। प्रतियोगिता असार २८ गते, शनिबार हुने तय भएको छ। यो ऐतिहासिक संस्करणले ओखलढुंगाका साथै देशभरिका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक र सम्मानजनक मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रतियोगितामा विजेता टिमलाई रु. १,००,००० नगद, ट्रफी र मेडल, तथा उपविजेता टिमलाई रु. ५०,००० नगद, ट्रफी र मेडल प्रदान गरिनेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई श्रेष्ठ गोलकिपर, सर्वश्रेष्ठ खेलाडी (MVP), र टप स्कोरर विधामा नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। सहभागी टिमको प्रवेश शुल्क रु. १०,००० तोकिएको छ, तर ओखलढुंगा जिल्लाका टिमहरूलाई १०% छुट दिइनेछ ।

Post Comments