News
आर्मीमाथी जावलाखेलको रोमाञ्चक जित
काठमाडौं । एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले रोमाञ्चक जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथी ३-२ को जित निकाल्दै महत्वपूर्ण तीन अंक जोडेको हो ।
जावलाखेलको जितमा विशाल शाहीले दुई गोल गर्दा प्रीन्स भुजेलले थप एक गोल गरे । उता आर्मीका लागि भने निरज अधिकारी र सोहित वाईबाले गोल फर्काएका थिए ।
युथ लिगमा जावलाखेलको यो पहिलो जित हो भने आर्मीको पहिलो हार । आफ्नो पहिलो खेलमा आर्मी हिमालयन शेर्पा क्लबलाई हराएको थियो भने जावलाखेलले संकटास्ँग हार बेहोरेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा