मध्यनेपाल । “४२औं ऐतिहासिक साउने संक्रान्ती मेला जीताकोट जाऔं रमाइलो गरौं” भन्ने नाराका साथ आउँदो साउन २ गतेदेखि लमजुङको मध्यनेपाल नगरपालिकामा बिष्णु बहादुर गुरुङ र मज्जा बहादुर गुरुङ राष्ट्रव्यापी खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
जिताकोट गोल्डेन फ्युचर युवा क्लबको आयोजनामा मध्यनेपाल नगरपालिका–१, जिता, लमजुङ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको साउन १ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८०००+५०० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ८५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलिस्ट टोली र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बरहरु 9856063880 9846715654 9845553302 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
