News
फराकिलो जितका साथ शिर्ष स्थानमा पुलिस
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो शतप्रतिशत जितको लयलाई कायम राखेको छ ।
लिगतर्फ सोमबार भएको दिनको तेस्रो खेलमा पुलिसले प्लानिङ ब्वाईज युनाइटेडमाथि ६–० को एकतर्फी जित निकाल्दै आफ्नो उत्कृष्ट जितको यात्रालाई कायम राखेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि समिर कुमार एक्लैले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै थप दुई गोल भने प्रशन राइृको नाममा रह्यो ।
यो लगातार चौथो जितपछि शतप्रतिशत नतिजाका साथ १२ अंक जोडेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा छ । उता पराजित प्लानिङ ब्वाईज भने ३ अंकका साथ पुछारतिर १३औं स्थानमा संघर्षरत छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि