News फराकिलो जितका साथ शिर्ष स्थानमा पुलिस
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो शतप्रतिशत जितको लयलाई कायम राखेको छ ।

लिगतर्फ सोमबार भएको दिनको तेस्रो खेलमा पुलिसले प्लानिङ ब्वाईज युनाइटेडमाथि ६–० को एकतर्फी जित निकाल्दै आफ्नो उत्कृष्ट जितको यात्रालाई कायम राखेको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि समिर कुमार एक्लैले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै थप दुई गोल भने प्रशन राइृको नाममा रह्यो ।

यो लगातार चौथो जितपछि शतप्रतिशत नतिजाका साथ १२ अंक जोडेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा छ । उता पराजित प्लानिङ ब्वाईज भने ३ अंकका साथ पुछारतिर १३औं स्थानमा संघर्षरत छ ।

Post Comments