News म्याग्दीको बेनीमा नवौं मुनसन कप भदौ १० गतेदेखि
गोलनेपाल

बेनी । दि मुन सन युथ क्लब, बेनी, म्याग्दीको आयोजनामा आगामी भदौ १० देखि १५ गतेसम्म नवौं मुनसन कप खुला, भेट्रान्स र महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि खुलातर्फ भदौ ९ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । प्रतियोगिताको खुलातर्फको स्पर्धा नाईन ए साईडका रुपमा हुनेछ । खुलातर्फ टिमदर्ता शुल्क ९००० तोकिएको छ र धरौटीवापत थप १००० बुझाउनु पर्ने आयोजकले जनाएको छ । त्यस्तै खेल अवधिभर रातो कार्डमा ५०० र पहेंलो कार्डमा ३०० तिर्नुपर्ने समेत आयोजकले जनाएको छ ।

त्यस्तै ३० वर्ष माथि उमेरसमूहको भेट्रान्सतर्फ भदौं १० गतेसम्म टिमदर्ता खुला गरिएको छ । जसमा टिमदर्ता शुल्क ३००० र धरौटीवापत ५०० बुझाउनु पर्नेछ । साथै भेट्रान्सतर्फ खेलमा रातो कार्डमा २०० र पहेंलो कार्डमा १०० बुझाउनु पर्ने पनि आयोजकले जनाएको छ ।

त्यसैगरी महिलातर्फ पनि टिमदर्ता भदौ १० गतेसम्म खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २००० र धरौटीवापत ५०० बुझाउनु पर्नेछ । साथै महिलातर्फको खेलमा पनि रातो कार्डमा २०० र पहेंलो कार्डमा १०० बुझाउनु पर्ने पनि आयोजकले जनाएको छ । भेट्रान्स र महिला फुटबल भने फाईभ ए साईडका रुपमा खेलाइने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको खुलातर्फको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । भेट्रान्सतर्फ विजेताले बोका र उपविजेताले भाले हात पार्नेछन् । त्यस्तै महिलातर्फ विजेताले उपाधिसहित २२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ११,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बरहरु 9867668942, 9805106762, 9766600790 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

 

Post Comments