दलभञ्ज्याङ । मोफसलमा रहेर पनि विगत केही वर्ष यतादेखि निरन्तर ग्रासरुट फुटबलमा होमिएको गोरखाको द ओसन क्लबको आोयजना र हिल्ली फिल्डर्स गोरखा एफसीको प्राविधिक सहयोगमा सन्चालन हुदै आएको शनिबारीय ग्रासरुट कार्यक्रमको १००औ हप्ताको विशेष कार्यक्रम सम्पन्न भएको छ।
विक्रम सम्वत २०८० साल बैशाख महिनादेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा विभिन्न उमेर समुहका १०० भन्दा धेरै खेलाडीहरु साताको एक दिन शनिबारीय कार्यक्रममा नियमित प्रशिक्षण लिइरहेका छन् ।
सोही अवसरमा प्रशिक्षणमा सहभागि बाल खेलाडीहरुलाई एक कार्यक्रमका बीच गोरखा नगरपालिका मेयर कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी १००औं हप्ताको अवसर पारी ग्रासरुट प्रशिक्षण कार्यक्रमलाई खेलाडी बिकास केन्द्रको घोषणा समेत गरिएको द ओसन क्लबका सचिव सबिन केसीले बताए ।
स्मरण रहोस, द ओसन क्लबले वार्षिक रुपमा राष्ट्रियस्तर कै युथ फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ । क्लबका संस्थापक समेत रहेका युवा फुटबल अभियन्ता अमित खत्रीले आफूहरु निरन्तर ग्रासरुट फुटबलमा होमिएर नेपाली फुटबलको विकासमा निष्पक्ष भाई लागीपर्ने बताए ।



