News नेत्र गुरागाई स्मृति गोल्डकपको फाइनलमा कुम्मायक पाँचथर र बिबिसि तेह्रथुम भिड्ने
गोलनेपाल

म्याङलुङ । तेह्रथुमको म्याङलुङमा लाखेजात्राको अवसरमा आयोजित नेत्र गुरागाइ स्मृती गोल्डकप अन्तर्गत सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन बिबिसी म्याङलुङले एपीएफ पकली सुनसरी लाई एकका विरुद्ध तीन गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

बीबीसीलाई जित दिलाउनका लागि खेलको दोस्रो मिनेटमा मिलन लिम्बुले सुन्दर गोल मार्फत अग्रता दिलाएका थिए। खेलको १२ मिनेटमा सञ्जीव लिम्बुले गोल गर्दै अग्रतालाई दोब्बर गरे। खेलको ३३ औ मिनेटमा सञ्जीव लिम्बुले व्यक्तिगत दुई गोल गर्दा बिबिसि म्याङलुङ पहिलो हाफ तिन शून्य को लिड लिन सफल भएको थियो।

दोस्रो हाफमा निकै उत्कृष्ट खेल पस्किएको एपिएफ पकली सुनसरीले खेलको अन्त्यतिर हरि कार्कीको सुन्दर गोलमा अग्रतालाई छोट्याए पनि बाँकी समय दुवै टोलीले गोल गर्न सकेनन्। समग्रमा बिबिसी म्याङ्लुङ तिन एकको जित हात पार्दै उपाधि नजिक पुगेको हो।

मङ्गलबार उपाधिका लागि डिफेन्डिङ च्याम्पियन टोली बिबिसि म्याङलुङ र कुम्मायक पाँचथर दिनको ठिक ३ बजे म्याङ्लुङ रंगशालामा प्रतिस्पर्धा गर्नेछन्।

Post Comments