News बाराः चौथो रतनपुरी गोल्डकप असोज अन्तिम सातादेखि
बिक्रम बानियाँ क्षेत्री

निजगढ । रतनपुर युनाइटेड युथ क्लब, निजगढ, बाराको आयोजनामा यही असोज ३१ गतेदेखि कार्तिक ११ गतेसम्म चौथो रतनपुरी गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

निजगढ नगरपालिका–११ बारा स्थित श्री ने.रा. माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीहरु पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।

आरटीएफसी मलेसिया र राजु योञ्जनको विशेष प्रायोजन र सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यसैगरी प्रतियोगितामा सहभागिता जनाउने टोलीहरु र खेलतालिकाबारे केही दिन मै आधिकारिक रुपमा जानकारी गराईने समेत आयोजकले जनाएको छ ।

 

 

Post Comments