ठोरी । उत्कृष्ट जितका साथ एभरेष्ट फुटबल एकेडेमी, सर्लाही यहाँ जारी स्व. राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ एभरेष्टले बिरगंज युथ एकेडेमी, बिरगंजलाई ३–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । एभरेष्टको जितमा समिर राई, मोहित गुरुङ र ओम धामीले गोल गरे । उता पराजित बिरगंजका लागि भने एलेक्स तामाङले एक मात्र गोल फर्काएका थिए ।
खेलमा एभरेष्टका अभि लामा प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज २१ गते मंगलबारको खेल प्याराडाईज युथ क्लब, चितवन र रिगल हेटौडा रिसोर्ट मकवानपुर–११, हेटौडाबीच हुने आयोजकले जानकारी दियो ।
प्रतिभा युवा क्लब तथा बिजयवस्ती युवा क्लब, ठोरी–४, पर्साको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ४ गतेका दिन हुनेछ ।