कावासोती । आउँदै गरेको शुभ दिपावली पर्वको अवसर पारी प्रगतिशील युवा क्लब, कावासोती–१३, नवलपुरले यही असोज २३ गतेदेखि प्रथम इ–प्लानेट कप खुला नाइन ए साईड फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।
कावासोती नगरपालिका–१३ स्थित गैरी ग्राउण्डमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही असोज २२ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५००+५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष बिजय आले मगरले बताए । त्यस्तै व्यक्तिगत विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष आले मगरले जानकारी दिए ।
त्यसबाहेक प्रतियोगिता भरि रातो कार्डको २०० र पहेंलो कार्डको १०० जरिवाना शुल्क पनि गरिएको खेल संयोजक चन्द्र लुङ्गेली मगरले जानकारी दिए । यसो गर्दा खेल अवधिभर खेलाडीहरु अनुशासनमा रहेर खेल्ने विश्वास आफूहरुले लिएको समेत खेल संयोजक लुङ्गेलीले बताए ।
विस्तृत पत्रमा पढ्नुहोसः
