News चौथो ठोरी गोल्डकपः एन्फा मकवानपुर क्वाटरफाइनलमा
गोलनेपाल

ठोरी । साँघुरो अन्तरको जित निकाल्दै रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर यहाँ जारी स्व. राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ एन्फा मकवानपुरले प्याराडाईज युवा क्लब, चितवनलाई १–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । एन्फा मकवानपुरका लागि अभिषेक लामाले एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ दि म्याच भने एन्फा मकवानपुर कै सुजन गुरुङ घोषित भए । प्रतियोगिता अन्तर्गत असोज २२ गते बुधबारको खेल आयोजक प्रतिभा युवा क्लब, ठोरी र बागमती पुलिस क्लब, हेटौडा बीच हुने आयोजकले जानकारी दियो ।

प्रतिभा युवा क्लब तथा बिजयवस्ती युवा क्लब, ठोरी–४, पर्साको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ४ गतेका दिन हुनेछ ।

Post Comments