News पुलिस क्लबलाई टेलिकमको साथ
गोलनेपाल

विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष तथा महिला फुटबल टोलीलाई एक बर्षका लागि नेपाल टेलिकमले प्रायोजन गरेको छ ।

बुधबार सम्पन्न दुवै पक्षको सम्झौता कार्यक्रममा टेलिकमका तर्फ प्रबन्ध निर्देशक डिल्लीराम अधिकार तथा पुलिसका तर्फबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्झौतापत्रमा हस्ताक्ष गरे ।

यो सम्झौतासँगे नेपाल टेलिकम पुलिसको पुरुष तथा महिला फुटबल टोलीको मुख्य प्रायोजक बनेको छ । अनलाईनखबरका अनुसार सो प्रायोजनबाट टेलिकमले पुलिस क्लबलाई ३२ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

साथै अब यो सम्झौतासँगै पुलिस क्लबको पुरुष तथा महिला फुटबल टोलीले सहभागिता जनाउने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाउनेछ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनाललाई जर्सी तथा फुटबल हस्तान्तरण गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फुटबल टिमको प्रायोजन गर्ने मौकाको सम्झौताप्रति खुशी व्यक्त गरे ।

उता सो अवसरमा खेल क्षेत्रमा मात्र होइन शान्ति सुरक्षा कायम, अपराध अनुसन्धान गर्ने कार्यमा नेपाल टेलिकमले ठूलो योगदान पुर्‍याउँदै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा अझै विशिष्ट क्षेणीका प्रविधिमार्फत आपसी सहयोग आदानप्रदान गर्न अभिप्रेरित हुने विश्वास व्यक्त गरे ।

क्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक तथा अन्य उच्चपदस्थ अधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालयस्थित विभिन्न निर्देशनालयका प्रमुख एवम् वरिष्ठ अधिकृतहरु, नेपाल पुलिस क्लवका प्रशिक्षक तथा खेलाडीहरु समेतको उपस्थिति रहेको थियो ।

Post Comments
Advertisement Yamaha Nepal