News प्रथम आहाले कपः सतिसाले र बिमिरे क्वाटरफाइनलमा
गोलनेपाल

केराबारी । सतिसाले स्र्पोटिङ क्लब र बिमिरे प्रगतिशील युवा क्लब यहाँ जारी प्रथम आहाले कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको प्रिक्वाटरफाइनलतर्फको पहिलो खेलमा सतिसालेले सयपत्री ब्वाईज युनियन क्लबलाई २–१ ले हराउँदै अन्तिम आठमा प्रवेश गर्यो । सतिसालेका लागि अनिश पुलामी र रोकाश पौडेलले गोल गरे भने सयपत्रीका लागि बिनेश चौधरीले गोल गरेका थिए । खेलमा सतिसालेका अनिश पुलामी म्यान अफ दि म्याच चुनिए ।

बुधबार नै भएको अर्को क्वाटरफाइनलमा बिमिरेले सहारा स्पोर्टस क्लबलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि टाईब्रेकरमा बिमिरे ५–४ ले विजयी बन्यो । त्यसअघि निर्धारित समयको खेलमा बिमिरेका लागि अन्जेश चौधरी र सहाराका लागि सरोज क्षेत्रीले गोल गरेका थिए । खेलमा बिमिरेका सुरेश लिम्बु म्यान अफ दि म्याच बने ।

युनाइटेड आहाले युथ क्लब र आहाले सामुदायिक वन, केराबारी–६, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ६५५५५ र उपबिजेताले ३५५५५ प्राप्त गर्नेछ । प्रतियोगितामा १६ टोलिको सहभागिता रहेको छ ।

Post Comments