News छातेढुङ्गा दिपावली मेलाको सेमिफाइनल समिकरण पुरा
गोलनेपाल

आठराई । तेह्रथुम जिल्लाको आठराई गाउपालिका वडा न.- 5 छातेढुङ्गामा भगवति ट्रफि तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता साथै महेन्द्र कन्दङवा स्मृति रनिङ कप महिला फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार पुरुष फुटबल साथै खुल्ला महिला फुटबलतर्फका सम्पूर्ण क्वाटर फाइनल खेल सम्पन्न भएका छन्।

बिहिबार सम्पन्न पहिलो खेल खेलकुद विकास समिति ईवा र प्रणामी माध्यमिक विद्यालय बीच निर्धारित समय शुन्य शुन्यको रोमाञ्चक बराबरीमा टुङ्गिदा उक्त खेलको नतिजा टाइबेकर मार्फत निकालिएको हो। टाइबेकरमा खेलकुद विकास समिति ईवाले प्रणामी माध्यमिक विद्यालयलाई ४/२ को नतिजामा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ।

दोस्रो खेल फेदाप गाउँपालिका वार्ड नं ५ ईसिबु र मितेरी युवा क्लब बीच प्रतिस्पर्धा हुँदा ३/१ को सहज जित हात पार्दै फेदाप सेमिफाइनलमा प्रवेश गरेको छ। फेदापलाई जित दिलाउनको लागि सन्देश लिम्बु, कप्तान रोशन बस्नेत र लियम लिम्बुले समान एक एक गोल गरे भने पराजित भएको टोली मितेरीका लागि टासी लामाले गोल गरेका थिए।

पुरुषतर्फको अन्तिम क्वार्टर फाइनल खेल बुढानीलकण्ठ लिसीबुङ र आठराई गाउँपालिका बीच प्रतिस्पर्धा हुँदा ३/० को सहज जित हात पार्दै आठराई गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ। आठराईलाई जित दिलाउनका लागि दिपेश लिम्बु ,नबिन भुजेल र ताङ्साङ्ग इङ्नामले समान एकएक गोल गरेका हुन्।

खुल्ला महिला फुटबल तर्फ तेस्रो क्वार्टर फाइनल खेल होटेल माउन्टेन भ्यु एन्ड लज आठराई संक्रान्ति बजार र युनाइटेड क्लब ओएसिस ताप्लेजुङ बीच प्रतिस्पर्धा हुँदा होटेल माउन्टेन दुई शून्यको सहज जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ। होटेल माउन्टेनलाई जित दिलाउनको लागि सुजता लिम्बु र विध्या राईले समान एक एक गोल गरेका हुन।

महिलातर्फकै अन्तिम क्वार्टर फाइनल खेल डिफेन्डिङ च्याम्पियन म्याङ्लुङ स्पोर्टिङ तेह्रथुम र फोम्बो आवाजङ्वो लिम्बु आठराईबिच प्रतिस्पर्धा हुँदा पहिलो हाफमा म्याङलुङ एक शुन्य गोलले अघि रहेको छ। मध्यान्तरपछिको खेल भने समय अभावको कारणले शुक्रबार बिहान सम्मका लागि स्थगित गरिएको छ।

Post Comments