News पथरी शनिश्चरे गोल्डकप : उपाधिका लागि पथरी ११ र सलहेस भिड्ने
गोपाल काफ्ले

पथरी । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२´ उपाधिका लागि पथरी ११ र सिराहाको सहलेस बिच प्रतिस्पर्धा हुने भएको छ । आज बिहिबार भएको अन्तिम सेमिफाईन खेलमा काठमाडौंको न्यू रोड टिम (NRT) लाई हराउदै आयोजक पथरी ११ फाईन प्रबेश गरेको छ । पथरी ११ का लागि एक मात्र निर्णायक गोल शौर्य राउतले गरेका हुन ।

राउतले खेलको २५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । लिग खेलि सकेका अनुभवि खेलाडीका अगाडी घरेलु टोलीले राम्रो प्रदर्शन देखाएको थियो । दर्शकको राम्रो साथ पाएको आयोजक पथरी ११ का अगाडी पाहुना टोली एन आर टि काठमाडौंले कुनै गोल गर्न सकेन । निकै आक्रमक खेलको ८८ औं मिनेटमा एन आर टिका विबेक गुरुङले डब्बल एल्लो कार्ड पाउदा एन आर टि १० खेलाडीमा सिमित बन्यो । त्यस पछि खेलका कुनै गोल हुन सकेन ।

दोस्रो सेमि फाईन खेलको म्यान अफ दि म्याच पथरी ११ निर्णायक गोलकर्ता शौर्य राउत घोषित भए । राउतले नगद ५ हजार र दर्शकबाट थप ६ हजार ५ सय सहित ११ हजार ५ सय प्राप्त गरे । हिजो भएको पहिलो सेमि फाईनल खेलमा सलहेश सिराहाले पाँचथर क्लव पाँचथर फिदमलाई हराउदै फाईनलमा आफुलाई सुरक्षित गरेको छ ।

Post Comments