बुटवल । रुपन्देही जिल्ला फुटबल संघको आयोजना सम्पन्न अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिताको उपाधि क्रमशः नविन औद्योगिक कदर बहादुर रीता मावि र कुँवरवर्ती इङलिस बोर्डिङ स्कुलले जितेको छ ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको छात्रतर्फको फाइनलमा नवि औद्योगिकले न्यु होराईजन बोर्डिङ स्कुललाई ७–० को फराकिलो अन्तरले हराउँदै उपाधि जित्न सफल भयो ।
विजेता बनेको नविन औद्योगिकले उपाधिसहित नगद ४० हजार हात पार्यो भने उपविजेता न्यु होराईजनले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै सोही मैदान मै सम्पन्न भएको छात्रातर्फको फाइनलमा कुँवरवर्ती इङलिस बोर्डिङ स्कुलले सिद्धार्थ बोर्डिङ स्कुललाई ३–१ ले हराउँदै च्याम्पियन बन्न सफल भयो ।
मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमी कै विद्यार्थी खेलाडीहरू अनुपम घलान, आदित्य बलमपाकी, दिवस बानिया, प्रियंस आचार्य, विकल रेग्मी र साइमन योन्जनको स्मृतिमा आयोजित प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार) लगायतले पुरस्कृत गरेका थिए ।
