News आलोक भण्डारी र संजिव गिरी स्मृति दोस्रो चन्द्रगढी कप शुरु
गोलनेपाल

भद्रपुर । चन्द्रगढी युवा क्लब, भद्पुर, झापाको आयोजनामा बिहीबारदेखि शुरु आलोक भण्डारी र संजिव गिरी स्मृति दोस्रो चन्द्रगढी कपमा न्यु स्टार क्लब, खोपबाडीले उत्कृष्ट शुरुवात गरेको छ ।

उद्घाटन खेलमा न्यु स्टारले बेतना युनाइटेड क्लब, मोरङलाई ५–० को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । न्यु स्टारको जितमा रिचार्ड विलियमले ह्याट्रिक गर्दा एक गोल विजय राईको नाममा रह्यो । थप एक गोल भने विपक्षी टोलीले आत्मघाती गोल खान पुगेको थियो ।

प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेका न्यु स्टारका रिचार्ड विलसन खेलको म्यान अफ दि म्याच समेत चुनिए । यो जितसँगै न्यु स्टार सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर १२ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल पूर्वेली युवा क्लब, बिर्तामोड र बेलबारी फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

यही आउँदो मंसिर २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ ।

Post Comments