गोरखा । जिल्ला खेलकुद विकास समिति, गोरखाको आयोजनामा प्रथम पृथ्वीनारायण गोल्डकप राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
गोरखा जिल्लालाई खेल मार्फत चिनाउन र यहाँका खेल प्रतिभाको बिकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष प्रेम तमाङले बताए । उनका अनुसार प्रतियोगिता आयोजनाले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत मद्दत गर्ने विश्वास लिएको उनले सुनाए ।
गोरखा नगरपालिका–१० छेवेटार खेलमैदानमा हुने प्रतियोगितामा बिभागिय टोली सहित ‘ए’ डिभिजनका ८ वटा क्लब सहभागी हुने बताइएको छ । प्रतियोगिता आयोजनाका लागि गण्डकी प्रदेश सरकार, गोरखा नगरपालिका तथा जिल्लाका अन्य स्थानीय तह, प्रदेशका सरोकारवाला निकाय धेरैले सहयोग गर्ने प्रतिवद्धता जनाएको समेत आयोजक समितिका अध्यक्ष तामाङले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ८० लाख भन्दा बढि रकम खर्च हुने आयोजकले अनुमान गरेको छ । साथै उक्त रकम तीनै तहका सरकारी निकाय, खेलकुदका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसकारी संघसस्था, खेलप्रेमी, विज्ञापनदाता लगायतबाट संकलन गर्ने तयारी रहेको समेत आयोजकले जनाएको छ ।
प्रतियोगिताको आयोजना मिति भने तय हुन बाँकी छ । यद्यपी पुसको अन्तिम साता तिर सुरु हुन सक्ने आयोजकले संकेत गरेको छ । पुस २७ गते पृथ्वी जयन्ती पनि पर्ने भएकाले यही मितिलाई ध्यानमा राखी प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको विस्तृत विवरण छिटै आधिकारिक रुपमा पत्रकार सम्मेलन गरी जानकारी गराइने समेत बताइएको छ ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन