News तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता खेल्ने सम्पूर्ण टोलीको लाग्यो टुङ्गो
गोलनेपाल

मैवाखोला । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं २ लेकुवा ढुङ्गेसाँघु स्थित ठोट्ने सिंगराज मनरानी आधारभूत विद्यालयको 7A साईडको प्राङ्गणमा चासोक तङ्नामको अवसर पारी लालीमा युवा क्लबको आयोजनामा मङ्सिर २१ गतेदेखि २५ गतेसम्म तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता साथै अन्य सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुने भएका छन।

आमन्त्रित पुरुष फुटबल अन्तर्गत ताप्लेजुङ जिल्ला भित्रका चार टोली र जिल्लाभन्दा बाहिरबाट डिफेन्डिङ च्याम्पियनसहित ४ टोलीको सहभागिता हुने पक्का भएको छ। आयोजक टोली लालीमा फुटबल क्लब ताप्लेजुङ, मैवाखोला क्लब लेकुवा ढुङ्गेसाँँघु, प्रगतिशील युवा क्लब ताप्लेजुङ त्यसैगरी श्री लालीगुराँस युथ स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङ जिल्लाभित्रका टोली रहेका छन् भने जिल्लाभन्दा बाहिरबाट आमन्त्रण गरिएका टोली गत संस्करणको विजेता म्याङ्लुङ स्पोर्टिङ तेह्रथुम , उपविजेता टोली कुम्मायक स्पोर्टिङ पाँचथर, हाङ्थुम युथ क्लब मादी मूलखर्क सङ्खुवासभा यङ बोईज फुटबल क्लब धरान सुनसरी गरी कुल ८ टोलीबिच प्रतिस्पर्धा हुने पक्का भएको छ। आमन्त्रण गरिएका सम्पूर्ण टोलीहरूलाई यातायातको व्यवस्थाफन पनि आयोजक टिमले गर्नेछ।

आमन्त्रित फुटबलतर्फ बिजेताले नगद रु १ लाख ६५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमले ९० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरू रहेका छन्।

Post Comments