News
एन्फा यु–१८ युथ लिगका लागि टिमदर्ता आह्वान (पत्रसहित)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा वार्षिक रुपमा हुँदै आएको एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगिताका लागि टिमदर्ता आह्वान गरिएको छ ।
एन्फाले सबै ए डिभिजन क्लबहरुलाई सम्वोधन गरी जारी गरेको पत्रमा सम्बन्धित क्लबलाई एन्फा यु–१८ युथ लिगका लागि यही मंसिर २५ गतेसम्म टिमदर्ता गर्न आह्वान गरिएको हो ।
साथै प्रतियोगिताबारे विस्तृत विवरणबारे छिटै जानकारी गराईने पनि एन्फा स्रोतले जनाएको छ ।
पत्र पनि हेर्नुहोसः

Post Comments
Related News