News थलङ ताप्लेजुङः म्याङलुङ र इलामको जित संगै सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

मिक्वाखोला । ताप्लेजुङको मिक्वाखोला–४ थलङमा जारी आमन्त्रित क्लब स्तरीय पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

शनिबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा मानाभरा युवा क्लब सॅावालाई ३-२ गोल अन्तरले पराजित गर्दै म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमले सेमिफाइनलमा आयोजक थलङ स्पोर्टिङ क्लबसंगको भेट पक्का गरेको हो ।

त्यस्तै अन्तिम क्वाटरफाइनलमा प्रगतिशिल युवा समाज लिङतेपलाई ६-० गोलले पराजित गर्दै रेड डेभिल्स फुटबल क्लब इलामले सेमिफाइनलमा फङफङदेन झरना स्पोर्टिङ क्लब सॉवा तेम्बासंग भिड्ने निश्चित भएको छ ।

पहिलो खेलको प्लेयर अफ दि म्याच म्याङलुङका दिल लिम्बु घोषित भए भने दोस्रो खेलमा इलामका विवेक सुनम घोषित हॅुदै दुइ दुइ हजार प्राप्त गरे । प्रतियोगिताको चौथो दिन आइतबार सेमिफाइनलका दुइ खेल सन्चालन हुने खेल तालिका रहेको छ ।

Post Comments