News
साबित्रालाई ट्यालेन्ट अवार्ड
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारीलाई नेपाल सरकारले ट्यालेन्ट अवार्डबाट सम्मानित गरेको छ ।
सम्मानित भएकी साबित्राले नगद एक लाख र मायाको चिनो हात पारीन् । अन्तर्राष्ट्रिय फुटबल मैदानमा देशका लागि भण्डारीले गरेको उच्च योगदान र प्रदर्शनको मुल्यांकन गर्दै सरकारले उनलाई त्यो सम्मान दिएको हो ।
सो कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा लगायत अन्य खेल क्षेत्रका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो
सरकारले सोही अवसरमा फिफा रेफ्री सुदिश पाण्डेलाई पनि बर्षको उत्कृष्ट रेफ्रीको अवार्डबाट सम्मानित गरेको छ । गोलनेपालका अनुसार रेफ्री पाण्डेले पनि १ लाख नगद तथा विशेष मायाको चिनो हात पारे ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा