News झापा महिला गोल्डकप ५० लाख ४० हजार रुपैयाँ नाफामा
गोलनेपाल

झापा महिला गोल्डकपले यो वर्षको संस्करणबाट रु ५०,४०,१११ नाफा दर्ता गरेको आयोजकले जनाएको छ।

समिति अध्यक्ष सन्तोष थोप्राका अनुसार उत्कृष्ट दर्शक उपस्थिति, स्थानीय समर्थन र प्रभावकारी आयोजनाले प्रतियोगितालाई सफल बनायो। आयोजकले सहभागी टिमहरू, प्रायोजक, स्वयंसेवी र समर्थक सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

आयोजक समितिले संकलित नाफा रकम जिल्लामा महिला फुटबल विकास र ग्रासरुट कार्यक्रमहरूमा विनियोजन गरिने बताएको छ।

प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले एपीएफ एफसीलाई पराजित गर्दै उपाधि जितेको थियो। पुलिसले च्याम्पियन बनेसँगै रु १० लाख पुरस्कार हात पारेको थियो।

Post Comments