सर्लाही — प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा टि एस पि धनुषाले प्रभावशाली प्रदर्शन गर्दै हरिपुर युवा समाजलाई ६–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
धनुषाका जर्सी नं १३ आशिस भुजेल र जर्सी नं ७ सुदिप मगरले समान २–२ गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। यस्तै जर्सी नं ३ हेमन्त भुजेलले एक गोल गरे भने थप एक गोल उपहार गोलको रुपमा प्राप्त भएको थियो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका जर्सी नं ७ सुदिप मगर प्लेयर अफ द म्याच घोषित भए।
भोलिको खेलमा बिरगंज युनाइटेड र कटारी फुटबल क्लब उदयपुर आमनेसामने हुनेछन्।
नव संघर्षशील युवा क्लब, हरिपुर नगरपालिका–२, सानो जगतपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल पौष १ गतेका दिन हुनेछ ।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा