News नेपालगन्ज र मसुरिया सी–डिभिजन छनोटको सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । नेपालगन्ज एघार स्पोर्टिङ क्लब र मसुरिया फुटबल क्लब जारी सी–डिभिजन छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा आज सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा नेपालगन्ज एघारले उत्कृष्ट प्रदर्शन गर्दै भक्तपुर एफसीलाई २–० ले पराजित गर्यो। खेलका हिरो मदन स्याङ्तान र लक्ष्मण राना रहे, जसको गोलहरूले टोलीलाई सहज जित दिलाउँदै अन्तिम चारमा पुर्यायो।

Post Comments