News आयोजक नव संघर्षशील सेमिफाइनलमा
गोलनेपाल

हरिपुर । आयोजक श्री नव संघर्षशील युवा क्लब, हरिपुर, सर्लाही यहाँ जारी प्रथम हरिपुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वाटरफाइनलतर्फ नव संघर्षशीलले चिडियादह स्टार क्लब, रौतहटलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि नव संघर्षशील पेनाल्टी शुटआउटमा ५–३ ले विजयी बन्यो ।

खेलमा पेनाल्टी शुटआउटतर्फ एक प्रहार जोगाउँदै खेल अवधिभर उत्कृष्ट प्रदर्शन समेत गरेका आयोजक नव संघर्षशीलका गोलरक्षक शत्रुधन चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंसिर २७ गते शनिबारको पहिलो सेमिफाइनल खेल एभरेष्ट फुटबल एकेडेमी टिएसपी धनुषा बीच हुने आयोजकले जानकारी दियौ ।

नव संघर्षशील युवा क्लब, हरिपुर नगरपालिका–२, सानो जगतपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। फाइनल खेल पौष १ गतेका दिन हुनेछ ।

 

Post Comments