काठमाडौं । केही महिना यता रोकिएको एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता सोमबारदेखि पूनः सूचारु हुँदा हिमालयन शेपाृ क्लब, मनाङ मस्र्याङ्दी क्लब र फ्रेण्डस क्लबले जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा शेर्पाले प्लानिङ ब्वाईज युनाइटेडलाई ६–० को अन्तरले हरायो । शेर्पाको जितमा बिशु सुनुवारले ह्याट्रिक गर्दा किशोर बम, बिबेक हमाल र जेनिल सुब्बाले एक–एक गोल गरे । खेलमा ह्याट्रिककर्ता बिशु सुनुवार प्लेयर अफ दि म्याच बने ।
त्यस्तै अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी फुटबल क्लबमाथि ५–० को प्रभावशाली जित हात पार्यो । मनाङको जितमा प्रकाश सिंहले ह्याट्रिकसहित चार गोल गरे भने थप एक गोल रोहन थापा मगरको नाममा रह्यो । खेलमा चार गोल गरेका प्रकाश सिंह प्लेयर अफ दि म्याच चुनिए ।
त्यसैगरी अर्को खेलमा फ्रेण्डस क्लबले श्री भगवती क्लबमाथि ३–१ को जित हात पार्यो । फ्रेण्डसका लागि सदानन्द मास्की मगर, सजिन भोलन तामाङ र सुजन बिकले गोल गरे । उता पराजित भगवतीले गरेको एक मात्र गोल इरफान अलीको आत्मघाती गोलका रुपमा रह्यो । खेलमा फ्रेण्डसका पुरन श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)