News कावासोती गोल्डकपः हनामी बिएफसी क्वाटरफाइनलमा
गोलनेपाल

कावासोती । रोमाञ्चक जित हात पार्दै हनामी बिएफसी, चितवन यहाँ जारी प्रथम कावासोती गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ बिएफसीले जनशक्ति सामुदायिक विकास प्रतिष्ठान, सुनवल, नवलपरासीलाई २–१ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । बिएफसीको जितमा गणेह माल र सलिल लामाले गोल गरे । उता पराजित जनशक्तिका लागि सन्त बहादुर गुरुङले एक मात्र गोल फर्काएका थिए ।

खेलमा हनामी बिएफसीका सलिल लामा प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तगृत पुष ७ गते सोमबारको खेल हर्दी युवा समाज, राप्ती नगरपालिका र अभिषेक चर्च एफसी, रजहर बीच हुने आयोजकले जानकारी दियो ।

सनलाईट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष १६ गतेका दिन हुनेछ ।

 

Post Comments