News फर्साटिकर युवा क्लबको अध्यक्षमा अमृत खड्का
सुरज राना मगर

फर्साटिकर । रुपन्देहीको फुटबलमा परिचित र सफल क्लब मध्ये एक फर्साटिकर युवा क्लब, फर्साटिकरको अध्यक्षमा अमृत खड्का निर्वाचित भएका छन् । क्लबको १८औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनबाट अमृत खड्काको नेतृत्वमा क्लबको नयाँ समिति निर्वाचित भएको हो ।

त्यस्तै उपाध्यक्षमा दिवस पाण्डे निर्वाचित भएका छन् भने सचिवमा राजन खनाल तथा सह–सचिवमा राजन गुप्ता चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सिद्धान्त भट्टराई निर्वाचित भएका छन् भने सदस्यहरुमा बिरेन्द्र चौधरी, रोहित अधिकारी, निरज भट्टराई, धर्मेन्द्र चौधरी, रहेका छन् ।

त्यस्तै क्लबको लेखा संयोजकमा बिष्णु पंगेनी र लेखा सदस्यमा नन्दलाल चौधरी रहेको क्लबले जनाएको छ । नयाँ कार्यसमितिलाई क्लबका निवर्तमान अध्यक्ष मुकेश कुँवर, क्लबका संरक्षक चक्र बहादुर कुँवरले सफल कार्यकालको शुभकामना दिए ।

उता क्लब कै पूर्व खेलाडीबाट रेफ्री हुँदै क्लबको अध्यक्ष पदमा निर्वाचित भएका नव निर्वाचित अध्यक्ष अमृत खड्काले क्लबलाई नयाँ उचाईं र सफलतातिर डोर्याउन आफूले सक्दो मेहनत र प्रयास गर्ने बताए । साथै उनले सबैलाई मिलाएर अघि बढ्ने र यस क्रममा साथैको साथ, सहयोग र सुझावको अपेक्षा गरेको समेत बताए ।

सो अवसरमा शुद्धोधन गाउँपालिकाका, रुपन्देहीका अध्यक्ष बिष्णु प्रसाद बस्याल, शुद्धोधन गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष तथा शुद्धोधन गाउँपालिकाका प्रवक्ता केशव प्रसाद अधिकारी, शुद्धोधन गाउँपालिका वार्ड नम्बर ३ का अध्यक्ष हेम बहादुर खड्का, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतको उपस्थिति रहेको थियो ।

Post Comments