पथरी । डाँगीहाट फुटवल क्लव भाउन्नेले बेलबारी ११ मा सम्पन्न शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको उपाधी चुमेको छ । डाँगीहाट फुटवल क्लव भाउन्ने आज भएको फाइनल खेलमा तालतलया ब्वाईज फुटवल क्लव ईटहरीलाई १-० गोलले हराउदै उपाधी चुमेको हो । डाँगीहाट फुटवल क्लव भाउन्नेका लागि एक मात्र निर्णायक गोल मौसम लिम्बुले गरेका हुन ।
लिम्बुले खेलको १८ औं मिनेटमा कर्नर एरियाबाट अरुण राईले निकालेको पासमा गोल गर्दै अग्रता लिएका थिए । डाँगीहाटलाई उपाधी दिलाउन पहिलो हाफमा भएको एक गोल नै काफि भयो । खेलको म्यान अफ दि म्याच निर्णायक गोल कर्ता मौसम लिम्बु घोषित हुदै नगद २५ सय प्रप्त गरे । विजेता डाँगीहाट फुटवल क्लव भाउन्नेले उपाधिका साथ नगद एक लाख एक हजार एक सय एघार प्राप्त गर्यो भने उपविजेता बनेको तालतलया ब्वाईज फुटवल क्लव ईटहरीले एकाउन्न हजार एक सय एघारका साथ मेडल ट्रफि प्राप्त गरेको छ ।
प्रतियोगितामा विधागत तर्फ डाँगीहाटका असिम राई वेष्ट गोर किपर, अरुण लिम्बु हाई स्कोर हुदा तालतलयाका रोशन आचार्य वेष्ट डिफ्रेन, उगेन राई वेष्ट स्टाईकर, सलिन जिमी वेष्ट मिडफिल्डर घोषित हुदै नगद ३/३ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डाँगीहाटका सविन राई घोषित हुदै नगद ५ हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथी निर्वतमान संसद शुनिलशर्मा तथा विशिष्ट अतिथी प्रदेश संसद मान बहादुर लिम्बुले पुरस्कृत प्रदान गर्नु भयो । प्रतियोगिता संगम स्पोर्टिङ क्लबको बेलबारी ११ को आयोजनामा भएको हो । प्रतियोगिता बेलबारीका समाजसेवी शेरबहादुर घले, राई दम्पति सन्तोष राई र कुमारी राईको संझनामा सम्पन्न भएको हो ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा