News
आयोजक पुष्पाञ्जली फाइनलमा, उपाधिका लागि बिएम एकेडेमीसँग भिड्ने
बेलबारी । आयोजक पुष्पाञ्जली फुटबल क्लब, बेलबारी यहाँ जारी तेस्रो पुष्पाञ्जली कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो सेमिफाइनलतर्फ पुष्पाञ्जलीले जुडी फुटबल क्लबलाई १–० ले हराउँदै फाइनल प्रवेश गरेको हो । पुष्पाञ्जलीको जितमा खेलको २७औं मिनटमा सबिन राईले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने उमेश कार्की घोषित भए ।
अब यही पुष २९ गते हुने फाइनलमा आयोजक पुष्पाञ्जलीले बिएम फुटबल एकेडेमीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
पुष्पाञ्जली फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय