धनगढी । यहाँ सम्पन्न बद्री कुन्ता मेमोरियल यु–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्ट्स क्लब गोदावरीले जितेको छ।
धनगढी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा संघर्ष स्पोर्ट्स क्लब गोदावरीले सहारा युवा क्लब पहलमानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
उपाधि जितेसँगै संघर्ष स्पोर्ट्स क्लब गोदावरीले नगद दुई लाख रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गरेको छ। उपविजेता बनेको सहारा युवा क्लब पहलमानपुरले नगद एक लाख रुपैयाँ प्राप्त गर्यो।
विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोक बहादुर खड्का, कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल तथा बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक अध्यक्ष कमला जोशी र सदस्य गोकर्ण जोशीलगायतले संयुक्त रूपमा ट्रफी, मेडल तथा नगद चेक प्रदान गरे।
- शिशिर मगरको एकमात्र निर्णायक गोलमा चुलीमालिका सेमीफाइनल प्रवेश
- कैलाली जिल्ला फुटबल संघ र धनगढी उपमहानगरपालिकाबीच सम्झौता
- सुर्मादेवी महिला च्याम्पियन, ईलाईटले जित्यो पुरुष उपाधि
- महिलातर्फ सुर्मादेवी र पुरुषतर्फ संघर्ष फाइनलमा
- पुरुषतर्फ ईलाईट फाइनलमा, महिलातर्फ न्यू कालिकाको शानदार जीत; सोमबार अन्तिम सेमिफाइनल