News
बुद्धशान्ति कप माघ १० गतेदेखि
झापा । तेस्रो बुद्धशान्ति गाउँपालिका वडास्तरीय नकआउट फुटबल प्रतियोगिता “बुद्धशान्ति कप २०८२” माघ १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ।
प्रतियोगिता बुद्धशान्ति गाउँपालिका वडा नं.–२ खेलकुद विकास समितिको आयोजनामा, नवज्योति युथ क्लब बुद्धशान्ति–२, जयपुरको सहआयोजनामा तथा बुद्धशान्ति गाउँपालिकाको प्रायोजनमा आयोजना हुन लागेको हो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
Post Comments
Related News
- बगान युथ दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको सेमिफाइनलमा
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि